दमौली - जिल्लाकाे व्यास नगरपालिका–१० मा बिनादर्ता पसल सञ्चालन गरेको पाइएको छ। वडास्तरीय अनुगमन समितिले दुम्सीचौर र शेवरमा गरेको अनुगमनका क्रममा दर्ता नगरी पसल सञ्चालन गरेको भेटिएको हो।
दशैँ शुरु भएलगत्तै वडाध्यक्ष तुलसीराम सापकोटाको नेतृत्वमा अनुगमन टोलीले वडाभित्रका पसल अनुगमन शुरु गरेको छ।बिनादर्ता सञ्चालन भएका पसललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको सापकोटाले जानाएको छ। उनको जानकारी अनुसार अधिकांश पसलले मूल्यसूचीसमेत राखेका छैनन्। (रासस)