काठमाडौं — सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।
उक्त महिला महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको भन्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा मौखिक कुरो पुगेको खुल्न आएको छ। यद्यपि महराबिरुद्ध कसैले लिखित जाहेरी भने नदिएको प्रहरीको भनाइ छ।
प्रहरीको सम्पर्कमा आएकी ती महिलाले सभामुख महरासँग पहिलेदेखि नै चिनजान भएको र कहिलेकाहीँ कोठामा आउने जाने गरेको समेत बताइन्। तर आइतबार साँझ भने सभामुख महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको उनको आरोप छ। साँझ नै प्रहरीलाई उनले खबर गरेपछि प्रहरीले तत्कालको अवस्थाको भिडियो खिचेर लगेको ती महिलाले बताएकी छन्।