काठमाडाैं — व्यवसायतर्फ आकर्षित भएको भन्दै आलोचना भइरहेका बेला नेपाली सेनाले सैनिक ऐन–२०६३, लाई नै लगानीमैत्री बनउने गरी संशोधनको तयारी गरेको छ।
सेनिक कलयाणकारी कोषमा ठूलो रकम जम्मा भएपछि विभिन्न क्षेत्रमा लगानी खुला गर्न ऐन संशोधन गर्न लागिएको हो। हाल लगानी गर्न सेनालाई सैनिक ऐनले रोकेको छ।
संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी हुने नेपाली सैनिकले पाउने मासिक भत्ताबाट करिब २२ प्रतिशतसम्म रकम कटौती गरी कोषमा जम्मा गरिँदै आएको छ। सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ, जसमध्ये करिब साढे ३८ अर्ब विभिन्न बैंकमा जम्मा छ।
करिब साढे ५ अर्ब रकम कल्याणकारी नियमाववलीले तोकेअनुसार स्कुल, अस्पताल, पेटो«ल पम्प, जग्गा खरिदमा लगानी गरिएको छ। सेनाले पछिल्लो समय मनाङको भमिदाङ र सोलुखुम्बुको दुधखोला जलविद्युत् आयोजनामा लगानी गर्न चाहेको छ। ऐन संशोधन प्रक्रिया अघि बढे यस्ता आयोजनामा लगानीको बाटो खुल्ने छ।