काठमाडौं — भारतले प्याज निर्यात रोकेपछि नेपालमा प्याजको मूल्य एकाएक आकाशिएको छ। आइतबार प्रति किलोग्राम १ सय ५ रुपैयाँमा कारोबार भएको प्याज सोमबार १ सय ३५ रुपैयाँ पुगेको छ।
वर्षाका कारण प्याज खेतीमा क्षति भएपछि भारतले स्थानीय बजारमा अपुग हुने भन्दै प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ।