इटहरी– मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।
आइतबार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को.१ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ वर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको हो।
टिपर तथा चालकलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–५ भमरी चोकका ४७ वर्षीय गोपाल गौतमको नालीमा डुबेर मृत्यु भएको छ।