काठमाडौं — पशुपतिनाथ मन्दिरको पूर्वतिरकाे एउटा टुँडालबाट पानी चुहिएको छ। भुइँचालोले बाहिरी स्वरुप केही नभए पनि भित्र के भएको छ भनेर अध्ययन भएको छैन।
पानी चुहिन थालेपछि जीर्ण भएको हुन सक्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ। मन्दिरभित्र पुजारीहरुबाहेक अरु छिर्न नपाउने परम्परा रहेकोले यसको अवस्था अध्ययन गर्न समस्या भएको विकास कोष सांस्कृतिक महाशाखा प्रमुख प्रेमहरी ढुंगाना बताउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित छ।