काठमाडौं – काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा.मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएको जनाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले रिजालमाथि आक्रमणको प्रयास गरेका हुन्।
तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि भएका नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका थिए। भने रिजालले आफूमाथि नेकपा कार्यकर्ताद्वारा हतियार र लाठीले आक्रमण गर्न प्रयास भएको बताएका छन्।
कार्यक्रममा जान नदिन नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध उत्पन्न गराएका थिए। ‘हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे। साथीहरुले जोगाए र बचियो। प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिएको पाइयो।’ नेकपाका कार्यकर्ताको अवरोधका बीच काँग्रेस बका स्थानीय नेता–कार्यकर्ताको साथ कार्यक्रममा पुगेको उनले बताए।
गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन काँग्रेस नेता रिजालबाट गराउने निर्णय गरेको थियो। गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ। यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन्।
‘पञ्चायतका मण्डलेहरुको शैली अनुसरण गर्दै नेकपाका नेता–कार्यकर्ता फाँसीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,’ नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारको मण्डले शैलीमाविरुद्ध लोकतन्त्र जोगाउनका काँग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।