काठमाडौं – आफूलाई भ्रष्टाचारविरुद्धको सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणप्रति पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।
डा.भट्टराइले शाहीमाथि गरिएको आक्रमणमा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेकोतर्फ संकेत गर्दै लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न निमल्ने बताएका छन्।
डा.भट्टराईले ट्वीट गर्दै लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने जनाएका छन्।
https://twitter.com/brb1954/status/1178184818485415937
‘हिजो मण्डलेले लोतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ। निरंकुशता/फासिवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरु सामाजिक फासिवादतिर अन्मुख भएकै हुन् ?’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन्।