काठमाडौं– मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूचक कहालीलाग्दो रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले आरोप लगाएको छ।
विजया दशमी, दिपावली र छठ पर्वको अवसरमा सञ्चारकर्मीका लागि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षोल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको बताए।
उनका अनुसार सिँहदरबारको अधिकार गाउँगाउँमा र्पुयाउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र र्पुयाएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ र विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ति केन्द्रमा परिणत गरिएको छ।
मुलुकको अर्थतन्त्रलाई व्यापार घाटाले साह्रै सकस पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुद्राको सञ्चित पनि ओरालो लाग्नु चिन्ताको विषय भएको उनको भनाई छ।