काँकरभिट्टा – पर्यटकलाई भगवान मानेर सत्कार गर्न झापाका व्यवसायीहरुसँग प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले आग्रह गरेका छन्।
४०औँ अन्तर्रा्ष्ट्रिय पर्यटन दिवसको अवसरमा प्रदेश नं १ को पर्यटन कार्यालयले झापाको काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई मन्त्री कुसियतले पर्यटकहरुलाई भगवान ठानेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए।
पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने उनको धारणा थियो। ४०औँ अन्तर्रा्ष्ट्रिय पर्यटन दिवसको अवसर शुक्रबार पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपी पर्हियाएर सम्मान गरिएको थियो। काँकडभिट्टाको पूर्वी ढोकाबाट उनलाई पर्यटन कार्यालयसम्म नौमती बाजासहित स्वागत गरिएको थियो।