काठमाडौं – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन्। फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका उपत्यका इञ्चार्ज नविन विक जेल चलान भएका हुन्।
उनि असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका हुन् र प्रहरीले विकलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। प्रहरीले ललितपुर जिल्ला अदालतको असोज ९ गतेको आदेशले विकलाई मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार कार्यालय चलान गरिएको ललितपुर जानकारीे दिएको छ।
विप्लव समूहले जिम्मा लिएको नख्खु बम विस्फोटमा परी १ जनाको मृत्यु भएको थियो। उक्त घटनाको अनुसन्धान पछि प्रहरीले विप्लव समूहका नेताहरुविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, संगठित अपराध, विस्फोटक पदार्थ र संगठति अपराधअन्तर्गत ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सोही मुद्दाको पुर्पक्षका लागि विप्लव समूहका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज तथा केन्द्रीय नेता हेमन्त प्रकाश वली (सुदर्सन) जेलमा छन्।