जकार्ता — इण्डोनेसियामा हिजो गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २० पुगेको छ भने घाइते १ सय भन्दा बढी भएका छन्। इण्डोनेसियाको अम्बोन दीपमा विहीबार ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
भौगर्भिक अवस्थितिका कारणले इण्डोनेसियामा बारम्बार भूकम्प गइरहने गरेको छ। भूकम्प आए पनि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्।