काठमाडौं – स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छिन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन्।
शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन्।