काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।
पूर्वराष्ट्रपति डा. यादव अस्वस्थ भइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा. यादवलाई अपराह्न ३ बजे अस्पताल लगिएको थियो।
चिकित्सकको सुझावअनुसार उनलाई केही दिनका लागि भर्ना गरिएको जनाएको छ। उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छन्।