काठमाडाैं — धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्म दिएकी छिन्। २७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।
आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ। शिशुको अवस्था सामान्य रहेको छ। नवजात तीन शिशुको तौल क्रमश स् १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ।
सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। धनगढीबाट उपचार गर्न अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ। खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा बच्चा जन्मिएका हुन्।