एजेन्सी — न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेको क्यान्टर्बरी एक विश्वविद्यालय हलमा विद्यार्थीको मृत्यु भएको शब फेला परेको छ।
तर उनको मृत्यु दुई महिना भन्दा अघि भएको बताइएको छ। छिमेकीले विश्वविद्यालयको कोठाबाट गन्ध आएको बताएपछि के रहेछ भनेर खोजी गर्दा विद्यार्थीको शव सडेको अवस्थामा भेटिएको हो। मृतकको पहिचान हुन सकेको छैन।
लामो समयदेखि शव कोठामा रहेको र पहिचान गर्न नसकिएकाले ती छात्रको पहिचानका लागि डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टिम चाहिने प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्। मृत्युको कारण खुलेको छैन। पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको निधनबाट आफूहरु विक्षिप्त भएको विश्वविद्यालयले जनाएको छ। घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान हुनु पर्ने शिक्षा मन्त्रीले बताएका छन्।
छात्रबासको कोठमा ती विद्यार्थीको मृत्यु भएको हो। छात्रबासका अरु विद्यार्थीले गन्ध आएको बताएपछि मात्रै खोजी भएको हो। छात्रबासमा बस्नु भनेको भित्ता र छानो मात्रै पाउनु नरहेको भन्दै शिक्षा मन्त्री क्रिस हिप्किन्सले घटनाको विस्तृत अनुसन्धान गरिने बताएका हुन्।