एजेन्सी—थाइल्यान्डको दक्षिणी प्रान्त नारथीवाटमा ‘बर्ड सिङ्गिङ कम्पिटिशन’ मंगलबार सुरु भएको छ। यसमा थाइल्यान्ड, सिंगापुर र मलेशियाका गरी १८ सय पन्छीले भाग लिएका छन्।
प्रतियोगितामा पन्छीहरुलाई पीँजडामा राखेर १५ फिट अग्लो खम्बामा झुन्डाइन्छ। प्रतियोगितामा बुलबुल, सँगा, परेवा र अन्य साना चराहरु शामेल छन्। पन्छीहरुका मालिक ४ महिना अघि देखि नै यसको तयारी गर्न सुरु गरेका हुन्।
प्रतियोगितामा ४ राउन्ड हुन्छ। पन्छीहरुलाई विजेता बन्नका लागि एक राउन्डमा कम से कम तीन पटक गाउनुपर्छ। गीतमा गाउने समय ३० सेकेन्ड तोकिएको छ। यसका साथै पिँजडालाई सजाइएको छ भने खानपानको व्यवस्था त्यहीँ गराइएको छ।
पछिल्लो वर्ष विजेतालाई १ लाख १२ हजार रुपैयाँ दिइएको थियो भने यस वर्ष पुरस्कार रकम बढाउँदै २ लाख ४० हजार रुपैयाँ विजेता पन्छीले जित्नेछ।