डोल्पा — संचारको पहुँच नपुगेको माथिल्लो डोल्पामा वल्डलिङ्कको निशुल्क इन्टरनेट सुविधा जडान गरेको छ। डोल्पोबुद्ध गाउँपालिकाको ६ वटै वडामा वल्र्ड्लिङ्कले निशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ। गाउँगाउँमा इन्टरनेटसँग जोडिन पाउँदा स्थानीय दंग भएको स्थानीय वाङचुक गुरुङले बताए।
विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा वल्र्ड्लिङ्कले निशुल्क सेवा उपलब्ध गराएको हो। हाल स्थानीय सरकार, दूरसञ्चार प्राधिकरण र वल्र्ड्लिङ्कबीच भएको सम्झौताअनुसार हाल ५१२ एमबिपिएस इन्टरनेट सेवा प्रदान गरिएको प्राविधिक रुपेस बिसीले जानकारी दिए।
माथिल्लो डोल्पामा वल्र्ड्लिङ्कको इन्टरनेट जडान गरी सेवा प्रदान गरिएको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए।उनले डोल्पो महोत्सबलाई लक्षित गरी इन्टरनेट जडान गरेको बताए।