काठमाडौं – नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा भएको छ। मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राई, प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्की र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको सरुवा गरेको हो।
उच्च स्रोतका अनुसार एआईजी राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा भएका छन्। प्रतिस्ठानमा कार्यरत एआईजी कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ। यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो।
श्रोतका अनुसार एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको छ।