काठमाडौं — देशमा बेरोजगारी बढेसगैँ विदेशिने युवाहरुको संख्या बढ्दो छ। पछिल्लो १० वर्षको अवधिमा काम गर्नका लागि विदेश जाने युवाको संख्या ३८ लाख ९८ हजार चार सय ७९ पुगेको छ। आर्थिक वर्ष २०६५ र २०६६ देअि २०७४र २०७५ सम्ममा महिला र पुरुष गरेर ३८ लाख भन्दा बढी युवाहरु विदेशिएका छन्।
त्यस मध्य महिलाको संख्या एक लाख ९७ हजार आठ सय सात जना रहेको छ भने त्यस्तै पुरुषको संख्या ३७ लाख ६ सय ७२ जना रहेको छ। त्यस्तै विदेश गएका ३८ लाख ९८ हजार चार सय ७९ युवा मध्य ५ हजार सात सय नौ जनाको मृत्यु भएको छ। (आर्थिक राष्ट्रिय दैनिकबाट)