काठमाडौं — नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल नै विजयी भएको छ। संघको २७ औं साधारणसभाअन्र्तगत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो। संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन्। उनले कूल ३ सय ३० मत प्राप्त गरेका थिए।
सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका सरोजकुमार पोखरेलले २ सय ८३ मत प्रप्त गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघिय समाजवदी पार्टि निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए। त्यसैगरी प्रथम उपाध्यक्षमा सोही समूहका कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन्।
भने सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेल विजयी भएका छन्। जम्मा १७ पदका लागि ३७ जनाको उम्मेदवारी परेको थियो। निर्वाचनमा ६ सय ५८ मध्ये ६ सय २१ मत खसेको थियो।
संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्गले जीत हासिल गरेका छन्। मेनपावर लिंक प्रालिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३ सय २२ मत, एसआरके नेपाल प्रालिका संचालक किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३ सय ६० मत सहित बिजयी भएका छन्।
त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रालिका संचालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरेका छन्। श्रेष्ठले यसपटक संघको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरे भने सबैभन्दा धेरै फरक मतले पनि बिजय भई ब्याबसायिमाझ थप लोकप्रीय बनेका छन्। सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रालिका संचालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सि एस टि सिजन प्रालिकी संचालिका ईन्दीरा गुरुङ्गले ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन्।
१ सय ६८ मतका साथ सबैभन्दा बढी मतान्तरले बिजयी हुनेमा कोषाध्यक्ष ईन्दीरा गुरुङ्ग रहेकी छिन्। संघको सदस्यपदमा डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल बिजयी भएका छन्।
संघ अध्यक्ष बिष्णु प्रसाद गैरेले निर्वाचनमा सम्पूर्ण व्यवसायीको जीत भएको भन्दै अब सबै व्यवसायी एकजुट भएर अगाडी बढ्ने बताए। व्यवसायीका साझा समस्या सम्बोधनमा संघले आगामी दिनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गैरेले बताए।