काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच भेटवार्ता भएको छ।
काठमाडौंको होटेल मेरियटमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे छलफल भएको बताइएको छ। भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।
प्रचण्डले दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। प्रचण्डले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्न दविश्वास लिएको बताए।
चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै ताओले यसलाई अझै बलियो बनाउनुपर्ने औल्याए। चिनियाँ नेता ताओको अनुसार देशको आर्थिक विकास मुख्य कुरा हो र विकास गरेर नै जनताको मन जित्न सकिन्छ।