काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ।
नेकपा र सीपीसीका नेताहररूबीच काठमाडौंमा जारी विचार आदान प्रदान कार्यक्रमको दोस्रो सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।
मंगलबार दुई पार्टीका विदेश विभाग प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) दुवै उपस्थित थिए।