काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे र शिव थापाले उम्मेद्वारी दिएका छन्। पाण्डे विवेकशीलका प्रवक्ता हुन् भने थापा प्रदेश ५ संयोजक हुन्।
अध्यक्षका दावेदारका रुपमा हेरिएकी रञ्जु दशर्नाले भने उम्मेदवारी नै नदिएको एक नेताले बताएका छन्। महासचिवमा कर्मा लामा र निर्देश सिलवालको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा अजिता राईको मात्र उम्मेदवारी परेको छ।
यसअघि नै वर्तमान अध्यक्ष उज्ज्जल थापाले भने फेरि अध्यक्ष नहुने घोषणा गरिसकेका छन्। कात्तिक १ र २ मा हुने विवेकशीलको राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्नेछ।