काठमाडौं — प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १ सय ९६औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले गरेकी छिन्।
उद्घाटनका क्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष गुरुङ्गले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताइन्।
कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।