काठमाडौं — हाल देशको विभिन्न शहरमा अडिसन भइरहेको प्रतियोगिता नेपाल आइडलको सिजन ३ को ‘टप ३’ विजेताको वर्ल्ड टुर कार्यक्रम हुने भएको छ।
गृष्मा ब्रोडकास्टिङले सिजन तेस्रोको ‘टप ३’ बिजेतालाई वल्ड टुर गराउने अधिकार लिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपीवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले ‘टप ३’को वल्र्ड टुर यात्राबारे सम्झौता गरेका छन्।
कम्पनीले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ। पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा सञ्चालन गर्नेछ।