काठमाडौं — श्री एयरलान्सले हवाई भाडामा ६५ वर्ष माथिका नागरिकलाई छुट दिने भएको छ। एयरलाइन्सले ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँ र ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट दिने भएको हो
एयरलाइन्सले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको छ। यो छुटका लागि प्रमाण पुग्ने कागजात भने देखाउनु पर्ने हुन्छ। श्रीले उक्त निर्णय दसैंको घटस्थापनाको दिनबाट लागू गर्ने जनाएको छ।
हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिन निजी एयरलाइन्सलाई आग्रह गरेका थिए