काठमाडौं– नेपालको राष्ट्रिय झण्डा संविधान दिवसको अवसरमा विश्वकै अग्लो भवन बुर्ज खालिफामा फरफराएको छ। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा फहराइएको बताए।
यूएईको स्थानीय समयअनुसार शुक्रबार साँझ ९ः१० र नेपाली समय १०ः५५ बजे मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराइएको हो। नेपाली झण्डा भवन बुर्ज खलिफामा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास लिएको बताइयो।
यूएईमा रहेका नेपालीले बुर्ज खालिफामा नेपाली झण्डा फरफराएपछि खुसीयाली मनाएका थिए।