काठमाडौं– नागरिकतामा छोरा र छोरीबीच एउटै मान्यता दिनुपर्ने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन्। उनले भने, शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विदेशी ज्वाइँ वा बुहारी आएर देश खाइदिन्छ भन्ने कुरामा डराउनु पर्दैन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयकमा विदेशी बुहारी र ज्वाइँलाई विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने कि नदिने भन्ने विषयमा बहस भइरहेका बेला समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईको यस्तो धारणा आएको हो।
‘अहिलेको युगमा छोरा र छोरीबीच विभेद गर्न हुँदैन। कि त दुबैलाई तत्कालै नागरिकता दिऔं, कुनै आकाश खस्दैन। आफ्नै छोराछोरीलाई त आफ्नो देशमा राख्न सकेका छैनौं, सबै विदेशतिर गएर देश खाली हुन थालिसक्यो, उनले भने ‘विदेशी ज्वाइँले देश भरिन्छ, बुहारीले यो देश खाइदिन्छे भनेर किन डराउनुर्पयो? जब छोराछोरी त देशमा बस्दैनन् भने ज्वाइँ र बुहारीसँग डराउनुपर्ने कारण के?
डा. भट्टराईले नागरिकता ऐनमा छोरा र छोरीलाई समान व्यवहार हुर्ने गरी व्यवस्था गर्नुपर्ने धारणा राखे।