जनकपुरधाम– धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि त्यहाकाे माहाेल तनावग्रस्त बनेकाे छ।
बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार मध्याह्न करिब १२ बजेतिर मन्दिर क्षेत्रमा बम राखेको ‘सूचना’ आएको थियो।
प्रहरीले अहिले मन्दिरसहित वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। बम राखेको सूचना आएपनि बम भने फेला पर्न नसकेको धुनषा प्रहरी स्रोतले जानकारी दियो। प्रहरीले रामजानकी मन्दिरमा बम राखेको विषयमा औपचारिक रुपमा भने कुनै जानकारी दिन मानेको छैन।