हेटौँडा — कुलेखानी /फाखेल /हुमाने/फर्पिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ।
सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो। कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि कुलेखानी–सिस्नेरी सडकखण्ड भएर यातायात सञ्चालन गरिने जनाइएको छ।