काठमाडौं– नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका उपलक्ष्यमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन्।
त्यस्तै बेलायतकी महारानी एलिजाबे द्वितीयाले पनि एक सन्देशमार्फत संविधान दिवसका अवशरमा नेपाल सरकार र नेपाली जनतालाई शुभकामना दिएकि छन्।
एलिजाबेथ द्वितीयाका अतिरिक्त थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई भिन्दा–भिन्दै शुभकामना सन्देश पठाएर संविधान दिवसको अवसरमा हार्दिक बधाई ज्ञापनसहित शुभकामना व्यक्त गरेका छन्।