काठमाडौं — संविधान दिवसको अवसरमा आज सुन्दर यातायातका विद्युतीय बसमा यात्रा गर्दा शुल्क नलाग्ने भएको छ। काठमाडौंको रिंगरोडमा चलिरहेका विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार बेलुका ५ बजेसम्म चारवटा बसले निःशुल्क सेवा प्रदान गर्नेछन्।