काठमाडौं — महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका विभिन्न पार्कमा निशुल्क घुम्न पाउने व्यवस्था गरेको छ। महानगरले हिजो बिहिबारदेखी ४ गतेसम्म काठमाडौंको रत्नपार्क र बालजुपार्कमा घुम्न पैसा तिर्न नपर्ने व्यवस्था गरेको छ।
बालाजु स्थित बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि २५ रुपैयाँ शुल्क लाग्दै आएको थियो। यसअघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले संविधान दिवसको बिदा पार्कमा घुम्न जान दिईएको नभई संविधान निर्माणको उपलक्ष्यमा हर्षोल्लास मनाउन दिईएको बताएका थिए।
संविधान दिवसको अवसरमा महानगरले महानगरबासीलाई आफ्नो घरमा ४×३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ।