काठमाडौं — संविधान दिवस मनाउन निकालिएका झाँकी तथा र्यालीका कारण राजधानीका केही रुटमा ट्राफिक अवरुद्ध हुने भएको छ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान साढे ८ बजेदेखि शीतलनिवास, पानीपोखरी, साँग्रिला होटेल, लैनचौर, केशरमहल, संग्रहालय गेट, महेन्द्रशालिक,घण्टाघर, रत्नपार्क,सैनिक मञ्च भएर चल्ने सवारीहरुको आवागमन दुईतर्फी रुट केही समयका लागि प्रभावित हुनेछ।
यी रुट भएर चल्ने सवारीसाधनलाई बैकल्पिक बाटो अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।