भद्रपुर– झापामा माध्यमिक विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा सम्पन्न भएकाे छ। संविधान तथा राष्ट्रिय दिवस–२०७६ मूल समारोह समिति झापाको आयोजनामा भएको जिल्लास्तरीय माध्यमिक विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङ देव राई प्रथम भएका छन्।
त्यस्तै प्रतियोगितामा धुलाबारी माविका भूपेन्द्र राई द्वितीय, टावर टेम्बल मावि विर्तामोडका मनिष बस्नेत तृतीय, धुलाबारी माविका अञ्जीत दर्जी चाैथो र हिमालयन मावि दमकका युवराज लिम्बू पाँचाै भएका छन्।
त्यसैगरी, छात्रातर्फ धुलाबारी माविकी भवानी कमाती प्रथम, सगरमाथा मावि भद्रपुरकी सुस्मिता राई द्वितीय, धुलाबारी माविकै सन्ध्या राई तृतीय, हिमालय मावि दमककी मनिषा राई चाैथो र हल्दिबारी माविकी प्रतिमा तुलाङी पाँचाै भएकी छिन्। उनीहरु सबैलाई क्रमशः रु १० हजार रु ८ हजार, रु ६ हजार, रु चार हजार र दुई हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।
झापाको भद्रपुरस्थित मेची पुलदेखि चन्द्रगढीको ट्रेड युनियन चोकसम्मको पाँच किलोमिटर दुरीमा भएको सो दौड प्रतियोगितामा झापाका सबै पालिकाका विद्यालयबाट खेलाडी सहभागी भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए।
आज बिहान ७ बजे भद्रपुर नगरपालिका –५ स्थित मेची पुलमा प्रदेश सरकारले उपलब्ध गराएको राष्ट्रिय झण्डात्तोलन गरेर कार्यक्रम शुरु गरिएको थियो। जिल्ला खेलकूद विकास समिति झापाको प्राविधिक सहयोग र भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भएको थियो। (रासस)