काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज भएकाले यसको कार्यान्वयनमा निरन्तर इमानदार भएर लाग्नुपर्ने बताएका छन्।
नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको हुनले केही विषयमा छलफल गर्न सकिने बताए उनले ‘अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ। आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत र्गयौँ। यो संविधान आफैँमा उत्कृष्ट दस्तावेज हो।’
विश्वका कुनै पनि संविधानभन्दा कमाजोर छैन। यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ। केहीले सुविधैसुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ।
संविधान दिवसका अवसरमा बालबालिको हितलाई केन्द्रमा राखेर नीति, योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यवहारिक बनाउन लाग्नुपर्ने बताए। २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताए।
संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको बताउँदै बालबालिका देशको भविष्य भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताएका छन्।