काठमाडाै– प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन्। संसदमा सम्बोधन गर्न प्रधानमन्त्री ओली दिउँसो साढे २ बजे संसद भवन पुग्नेछन्। स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा कम सहभागी भएका प्रधानमन्त्री ओली बुधबारदेखि सक्रिय भएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने बताइएकाे छ।
प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको लामो समय भएको जानकारी दिएका छन्। उहाँले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले सरकारले गरिरहेका काम कारबाही, समसामयिक घटनाक्रम र सांसदले राखेको जिज्ञसाको जवाफ दिनुहुनेछ।