काठमाडौं– विवेकशील नेपाली दलका उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
कात्तिक १ र २ गते पार्टीको अधिवेशन हुँदैछ, जसमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।
सोमबार अध्यक्ष थापाले आन्तरिक छलफलमा आफू अध्यक्षमा नउठ्ने घोषणा गरेका हुन्। ‘उनले आफू पार्टीमा रहने तर नेतृत्वमा नयाँ साथीहरुलाई आउन भनेका छन्’, एक नेताले भने।