काठमाडौं– साफ यु–१८ च्याम्पियन्स खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। उक्त टोलीमा २३ जना खेलाडी रहेका छन्। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अन्तिम टोलीको रुपमा ती खेलाडीहरुलाई छनोट गरेका हुन्।
नेपालको यु–१८ टोलीको गोलकिपरका रुपमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् भने डिफेन्डरका रुपमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जनको नाम समावेश गरिएको छ।
त्यस्तै मिडफिल्डरमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापालाई समेटिएको छ भने स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगीको नाम सार्वजानिक गरिएको छ।
शुक्रबारबाट हुने साफ च्यान्पियन्समा नेपालले पहिलो प्रतिद्वन्दी रुपमा माल्दिभ्सको सामना गर्ने छ। खेलहरु हलचोकस्थित सशस्त्र मैदानमा खेलाइने बताइएको छ।