बारा — बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका मृत्यु भएको हाे। मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेली रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।
उनका साथै चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उनले बताए।