काठमाडौं – समाजवादी पार्टी नेपालले संविधान दिवस नमनाउने भएको छ। पार्टीले संविधानको दिवसमा खुशीयाली र विरोध दुवै नगर्ने भएको हो।
त्यस दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सबै प्रदेशका राजधानीमा अन्तरक्रिया गर्ने पार्टीको कार्यकारिणी समितिले निर्णय गरेको छ।
‘२०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिन खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागी नहुने,’ पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।