काठमाडौं – सानिमा बैंक र युकेएड सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि सम्झौता भएको छ। आज एक कार्यक्रमका बीच सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यससँग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने रहेको बताइएको छ।
यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षम संगको सहकार्यमा परिचालन गरिनेछ। परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत सन्चालन गर्न लागिएको हो। जुन नेपाल सरकार र युके सरकारको सम्झौता अनुरुप युकेएडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो।