धर्मशाला — भारत र दक्षिण अफ्रिकाको पहिलो टी–२० खेल वर्षाका कारण रद्द भएको छ। भारतको हिमाञ्चल धर्मशाला रंगशालामा खेल हुनु अगावैदेखि निरन्तर वर्षा भइरहेको थियो। निरन्तर वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्ध भएको हो।
३ खेलको टी–२० सिरिज एक अभ्यास खेल र ३ खेलको टेस्ट रिसिज खेल्न दक्षिण अफ्रिकी टोली भारत भ्रमणमा आएको छ। दोस्रो टी–२० खेल पञ्जावको मोहली क्रिकेट मैदानमा बुधबारका लागि तय गरिएको छ। २२ सेप्टेम्बरमा बैंग्लोरमा तेस्रो टी–२० हुनेछ।
पहिलो टेस्ट(विसाखापाटनम) २ अक्टुबरमा, दोस्रो टेस्ट(पुने) १० अक्टुबरमा र तेस्रो टेस्ट (राँची) १९ अक्टुबरमा सुरु हुनेछ। यसबीचमा भारतको बोर्ड प्रेसिडेन्ड ११ टोली र दक्षिण अफ्रिकी टोलीबीच एक अभ्यास टेस्ट खेल २६ सेप्टेम्बर देखि २८ सेप्टेम्बरसम्म हुनेछ।