काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ। आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन्।
पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्। विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन्। यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ।
विद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन्। विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर बिद्धुत प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ।
घरबेटीलाई डेरावालसङ्ग बढी शुल्क नलिन विद्युत प्राधिकरणको चेतावनीः
नेपाल विद्युत प्राधिकरणले घर भडामा बस्ने सङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ। घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन्। त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ। १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ लिन पाउँदैनन्।
आइतबार प्राधिकरणको विगत तीन बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले घरबेटीलाई विद्युतको ब्यापार नगर्न आग्रह गरेका हुन्।