काठमाडौं – आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली तयार गर्ने क्रममा निर्वाचन आयोगले दाबी विरोधका लागि १ सय ५४ वटा वडा कार्यालयमा सार्वजनिक गर्ने भएको छ।
आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले उपनिर्वाचन हुने ३७ जिल्लाका १ सय ५४ वडामा चार लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावलीको विवरण दाबी विरोधका लागि पठाइएको बताए। वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम असोज १ गतेदेखि सञ्चालन हुने भएको छ।
मङ्सिर १४ गते प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेत कुल ५१ पदहरूका लागि हुने उपनिर्वाचन हुनेछ।