एजेन्सी– फ्रेन्च लिग वानमा साबिक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले कठिन जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा पीएसजीले स्टार्सवर्गलाई १–० को साँघुरो अन्तरले पराजित गरेको हो।
खेलमा अंक बाँड्न लगभग बाध्य भइसकेको पीएसजीका लागि नेयमारले अन्तिम समयमा गोल गर्दै स्पष्ट जित दिलाएका हुन्। उनले थप गरिएको समयमा गोल गरेका थिए। यस गोलसँगै ब्राजिलियन स्टार नेयमारले टिममा उत्कृष्ट पुनरागमन गरेका छन्। यसअघि चोट तथा ट्रान्सफरको हल्लाका कारण उनी नियमित टोलीमा समावेश थिएनन्।
खेलमा दबदबा कायम गरेको भएपनि पीएसजीले गोल गर्न नसकेको अवस्थामा नेयमारले निर्णयक गोल गरेका हुन्। उनले इन्जुरी समयमा अर्को गोल पनि गरेका थिए तर अफसाइड भएको भन्दै भिएआरले त्यसलाई मान्यता दिएन।
यस जितसँगै पीएसजीे लिग वानमा ५ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा कायम रहेको छ।