काठमाडौं– उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन्।
उमेशलालले १० मत ल्याउँदा जीवनरामले १७ मत ल्याए। उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ (१८) र अशोक बज्राचार्य (१५) निर्वा्चित भए। ५ पदका लागि भएको उपाध्यक्ष निर्वाचनमा ८ प्रत्यासी रहेका थिए। पुष्पदास श्रेष्ठ (११), राजीव श्रेष्ठ (११) र समिम मियाँ अन्सारी (१२) उपाध्यक्ष पदमा पराजित भए।
महासचिव पदमा यसअघिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेलाइ निलेन्द्रराज श्रेष्ठले पवराजित गरेका छन्। निलेन्द्रराजले १५ मत प्राप्त गर्दा पुरेन्द्रले भने १२ मत मात्र पाएका थिए।
सचिव पदका लागि भएको निर्वाचनमा निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सचिव पदमा पराजित भए। आवश्यक ३ सचिव पदमा ४ जनाको उम्मेदवारी परेको थियो। जसमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य २५, संघिय सांसद तुलसा थापा २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै विजयी भए। निवर्तमान सदस्य सचिव विष्ट भने १७ मत प्राप्त गर्दै पराजित भए।
त्यस्तै सदस्य पदमा भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा पराजित भएका छन्। ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो। जसमा आर्चरीका रमेशप्रसाद शिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश सम्शेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, गल्फका तासी घले, बास्केबलका होम दोङ, फुटबलका दीर्घबहादुर केसी विजयी भए।
ओलम्पिक कमिटिको नयाँ कार्यसमितिः
अध्यक्ष – जीवनराम श्रेष्ठ
उपाध्यक्ष – ज्योति राणा, तेज गुरुङ, चतुरानन्द राज वैध, सुनिलकुमार श्रेष्ठ र अशोक बज्राचार्य
महासचिव – निलेन्द्रराज श्रेष्ठ
सहमहासचिव – पिताम्बर तिम्सिना
कोषाध्यक्ष – रतन टन्डन
सचिव – दीपकहर्ष बज्राचार्य, तुलसा थापा र रामजीबहादुर श्रेष्ठ
सदस्य – रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशसम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होम दोङ, दीर्घबहादुर केसी