बुटवल– सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबामा पहिरोको कारण दुई सवारी साधन पुरिदा एक जनाको मृत्यु भएको छ र चार जना गम्भीर घाईते भएका छन्।
शुक्रबार बिहान गएको पहिरोले लु १ ज २६१७ नम्बरको जीप र लु १ च ५९३८ नम्बरको कार पुरेको हो। प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले दुर्घटनामा जीप चालक रुपन्देहीका कमल परियारको मृत्यु भएकोे जनाएको छ।
प्रहरीले पहिरोमा परेका चार गम्भिर घाइतेको प्रहरीले उद्धार गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेकाजनाएको छ। घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।