काठमाडौं– नेपाल भारत खुला सिमानाले गर्दा दाहोरो नागरिकताको समस्या भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। नागरिकता विधेयकबारे बाेल्दै उनले यस्तो बताएका हुन्।
राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे आयोजना गरेको छलफलमा सहभागि हुँदै उनले दोहोरो नागरिकताको समस्याले देश विकासमा समेत असर परेको धारणा व्यक्त गरेका हुन्। छिमेकी राष्ट्र भारतमा ७ वर्ष बसेपछि मात्र बैबाहिक अङ्गीकृत नागरिकता दिने व्यवस्था छ तर नेपालमा भने सजिलै र तुरुन्तै नागरिकता दिने व्यवस्था असमान भएको सांसदहरुको तर्क छ।
कति सांसदले भने अहिले व्यवस्था ठिक रहेको धारणा व्यक्त गरिरहेका छन्। यही समस्याहरुको उचित समाधान खोज्नको लागि नागरिकता विधेयक ल्याएको गृहमन्त्रीले जानकारी दिए। समितिका सदस्यको सहमतिमा नै यस विधेयकलाई अघि बढाउनु पर्ने उनको तर्क छ।